0 COMMENTS

असर २९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाले समर्थन गर्ने भएको छ ।

मोर्चाका संयोजक सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यवस्थापिका-संसद भवन नयाँबानेश्वर परिसरमा पत्रकारसँग कुराकानी गर्दै वर्तमान सरकारलाई हटाउन मोर्चाको समर्थन हुने बताए ।

यादवले नयाँ बन्ने सरकारमा भने मोर्चा सहभागी हुने सम्भावना नरहेको जानकारी दिए । ‘नयाँ बन्ने सरकारले मोर्चाले उठाएका माग तथा विगतका सम्झौता कार्यान्वयन गर्न कस्तो व्यवहार प्रदर्शन गर्छ, त्यसले सरकारलाई सहयोग गर्ने र सहभागी हुने आधार तय गर्छ’, यादवले भने ।

सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मङ्गलबार वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछिको परिस्थितिका बारेमा प्रमुख दलहरुबीच छलफल जारी छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।