0 COMMENTS

असार २९, काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे निर्णय लिन मंगलबार साँझ बसेको एमाले स्थायी समिति बैठकले सरकारबाट फिर्ता हुने माओवादी केन्द्रको निर्णयले राजनीतिक अस्थिरता सँगै संविधान कार्यान्वयनमा गम्भीर प्रतिकूलता उत्पन्न गर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीको योजना र चाहनालाई साथ दिन पार्टी अघि बढ्ने निर्णय बैठकले गरेको छ ।

‘सरकारले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक समृद्धिको आधारशीला निर्माण गरिरहेको अवस्थामा नेकपा (माओवादी केन्द्र)को यस निर्णयले राजनीतिक अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा गम्भीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको छ,’ महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । एमालेले माओवादी कदम देशका लागि दुर्भाग्यपूर्ण भएको ठहरसमेत गरेको छ ।

बैठकमा प्रधानमन्त्रीको ‘ब्रिफिङ’ मात्रै
बैठकमा प्रधानमन्त्री केपी ओलीले माओवादीले समर्थन फिर्ता लिएपछिको विकसित राजनीतिक घटनाक्रम र पार्टीले लिनुपर्ने कदमका विषयमा धारणा राखेका थिए । प्रधानमन्त्रीकै भनाइलाई निष्कर्ष मान्दै बैठकले विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरेको हो ।

प्रधानमन्त्रीको चाहनाअनुसार पार्टीले सामना गर्ने
पार्टीको अबको कदमका सन्दर्भमा प्रधानमन्त्रीको योजना र चाहनालाई साथ दिन पार्टी अघि बढ्नेगरी निर्णय भएको उपाध्यक्ष वामदेव गौतमले बताए । उनका अनुसार संसद्मै अविश्वासको प्रस्ताव सामना गर्नेगरी एमालेले बिहीबारसम्म थप निर्णय गर्ने सम्भावना छ । ‘एमाले उत्पन्न राजनीतिक समस्याको संंविधानसम्मत समाधानको दिशामा दृढतापूर्वक अगाडि बढ्ने जानकारी गराउादछौा,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । संविधानसम्मत कसरी अघि बढ्ने विषय भने प्रस्ट पारिएको छैन ।

सरकारले दूरगामी महत्त्वपूर्ण काम गरेको निष्कर्ष
बैठकले अत्यन्त प्रतिकूल परिस्थितिमा गठन भए पनि अनेकौा चुनौतीको सफलतापूर्वक सामना गर्दै राजनीतिक स्थायित्व कायम गर्ने दिशामा दूरगामी महत्त्वका निर्णय गर्दै सरकार अगाडि बढेको ठहर गरेको छ । संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक समृद्धिको आधारशिला निर्माण गरिरहेको अवस्थामा माओवादी निर्णयले अस्थिरता निम्त्याएको एमाले विज्ञप्तिमा उल्लेख छ । -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।