0 COMMENTS

11022620_685069184952390_5846318535702879660_nअसार २८, काठमाडौँ । ‘मेरो धरहरा मै बनाउँछु’ कोषमा नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले मंगलबार एक करोड हस्तान्तरण गरेको छ ।

लिमिटेडका अध्यक्ष महेशकुमार गुरागाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा रकम हन्तान्तरण गरे ।रकम हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताले आफैँ बनाउने घोषणा भएको धरहरा पुनःनिर्माणमा बढ्दो सहभागिताप्रति आभार व्यक्त गरे।

उनले पुनःनिर्माणमा करिब तीन अर्ब लाग्ने भएकाले त्यस प्रकारको लगानी कुनै व्यक्ति वा कम्पनीले मात्र गर्न नसक्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताए ।विनाशकारी भूकम्पबाट ध्वस्त धरहरा पुनःनिर्माणका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिना बराबरको तलब सहयोग गरी सो कोष प्रारम्भ भएको थियो।अर्थराज्यमन्त्री दामोदर भण्डारी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको पनि हस्तान्तरण कार्यक्रममा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।