0 COMMENTS

असार २८, काठमाडौं । ‘कांग्रेसलाई १२ र माओवादीलाई आठ मन्त्रालय’ कांग्रेस–माओवादीका नेताहरूबीच मन्त्रिपरिषद्को भागबन्डाका विषयमा समेत समझदारी बनेको छ । तर, माओवादीले ओलीको निर्णय पर्खने भनेकाले हस्ताक्षर भएको छैन ।

अन्य राजनीतिक दलका नेताहरूसँग पनि छलफल बाँकी रहेकाले त्यस्तो मस्यौदाको विषयवस्तु सार्वजनिक नगरिएको नेताहरूको भनाइ छ । तर, प्रारम्भिक सहमतिअनुसार कांग्रेसले १२, माओवादीले ८, विजय गच्छदारको फोरम लोकतान्त्रिकले २ र राप्रपाले २ मन्त्रालय पाउनेछन् ।

बाँकी ८ मन्त्रालय अन्य दलका लागि छुट्याइएको छ । कांग्रेससँगको सो छलफलपछि बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री ओलीलाई बाटो छाडिदिन आग्रह गरेका थिए ।

देउवा र प्रचण्डबीच सिंहदरबारमा आधा घन्टा वार्ता
ओलीलाई भेट्नुअघि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगी झन्डै आधा घन्टा भेटवार्ता गरेका थिए । यी दुई नेताबीचको भेटमा पछि विमलेन्द्र निधि र कृष्णबहादुर महरा पनि थपिएका थिए ।

कांग्रेस नेता निधिसँग सोमबार नै माओवादी केन्द्रका नेता महराले छुट्टै भेट गरेको र पछि शीर्ष नतोहरूसँग दुवै नेता छलफलमा मिसिएको कांग्रेसनिकट स्रोतको भनाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सहमतीय सरकार गठनको सम्भावना नरहेको प्रस्ट्याएका छन् ।

सहमतीय सरकार गठनका लागि आफूलाई भेट्न आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राखेको आफ्नै नेतृत्वमा सहमतीय सरकारको प्रस्तावलाई देउवाले अस्वीकार गरेका हुन् ।

देउवालाई भेट्न कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार पुगेका प्रचण्ड २२ मिनेट भेट गरेर बाहिरिएका थिए । दुई दलको छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा र केन्द्रीय सदस्य विमलेन्द्र निधि तथा माओवादीबाट प्रचण्ड र कृष्णबहादुर महरा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।