0 COMMENTS

बैतडी, २७ असार । बालिका बलात्कारको आरोपमा प्रहरीले बझाङमा तीन युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका–६ मैनाका २२ वर्षीय झलक बोहरा, २३ वर्षीय हिमाल धामी र २१ वर्षीय अमृत रोकाया रहेका छन् ।

तीनै जनाले स्थानीयवासी १४ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै आइतबार पक्राउ गरेको हो । उनीहरुले गत हप्ताको शुक्रबार राति घरमै गएर बालिकालाई बलात्कार गरेको प्रहरीको बताएको छ ।

पक्राउ परेका तीनै जनाविरुद्घ जबर्जस्ती करणी मुद्दा दायर गरी थप अनुसन्धान भइरहको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।