0 COMMENTS

 असार २७ – युरोकप फुटबल २०१६ को उपाधि पोर्चुगलले जितेको छ । सोमबार बिहान पेरिसको स्टेड डी फ्रान्समा भएको फाइनलमा घरेलु portugal-goal-keeperटोली फ्रान्सलाई १–० ले हराएर पोर्चुगल युरोपको च्याम्पियन बनेको हो । ९० मिनेटमा दुवै तर्फबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा धकेलिएको खेलमा एडरले गोल गर्दै पोर्चुगललाई जित दिलाए । सबस्टिच्युट एडरले एक सय नवौं मिनेटमा पोर्चुगलका लागि विजयी गोल 2390589_w1गरेका हुन् । २५ औं मिनेटमा कप्तान क्रिष्टियानो रोनाल्डो घुँडाको चोटका कारण मैदानबाट बाहिरिएपछि पोर्चुगल दबाबमा परेको थियो । रोनाल्डो फ्रान्सका दिमित्री पेयटसँगको ट्याकलको क्रममा चोटग्रस्त भएका हुन् । चोटग्रस्त भएका रोनाल्डोले केही समय खेल्ने प्रयास गरेका थिए । तर नसकेपछि उनी रुँदै मैदानबाट बाहिरिएका थिए । रोनाल्डो बाहिरिएपछि थप दबाबमा परेको पोर्चुगलले फ्रान्सले राम्रा अवसर 2390621_w1बनाएपनि गोल गर्न दिएन । पोर्चुगलका गोलरक्षक रुई पेट्रिसियोले फ्रान्सका खेलाडीको पोस्ट प्रहारको सुन्दर बचाउन गरे । सन् २००४ मा घरेलु मैदानमा भएको खेलमा ग्रिससँग पराजित भएर उपाधि बिहिन भएको पोर्चुगलले १२ वर्षपछि दुई पटकको विजेता फ्रान्सलाई उसकै मैदानमा हराएर पहिलो पटक युरोकपको उपाधि उचाल्यो । पोर्चुगलले सेमिफाइनल वेल्स तथा फ्रान्सले जर्मनीलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।