बुधबार २६, असार काठमाडौं । स्पेनको अदालतले २१ महिना जेल सजाय सुनाएता पनि अर्जेन्टिना र बार्सिलोनाका फुटबल स्ट्राइकर लियोनल मेसी जेल चलान नहुने भएका छन् ।
स्पेनको कानुन अन्तर्गत कर छलिको अभियोगमा मेसी पहिलो देषी प्रमाणित भएको तर सजाय २ वर्ष भन्दा कम भएकाले जेल जानु नपर्ने अमेरिकी सञ्चारमाध्यम सिएनएनले जानकारी दिएको छ ।
उनी दोस्रो पटक कर छलिमा प्रमाणित भएको र दुई वर्ष भन्दा बढिको सजाय सुनाएको भए उनी जेल जानुपर्ने हुन्थ्यो ।
त्यसैगरी, स्ट्राइकर मेसीले २.३ मिलियन अमेरिकी डलर कर छलि गरे बापत तिर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्