0 COMMENTS

आइतबार २६, असार /शिक्षादेखि साधनका हिसाबले समेत पछि पारिएका नेपाली युवालाई बन्दुक भिराएर प्रशिक्षित लडाकुचाहिँ बाबुराम भट्टराईहरू नयाँ पार्टीतिर लागे पनि उनीहरूद्वारा प्रशिक्षितचाहिँ धमाधम अवैध लागुपदार्थ कारोबारमा पक्राउ पर्न थालेका छन् ।

गत साता मात्र बालाजुको माछापोखरीस्थित सडकमा पूर्वछापामार लडाकु जगत पुन अवैध लागुपदार्थ ब्राउन सुगरसहित समातिएका छन् । उनीसँगै ६८ ग्राम लागुऔषधसहित पक्राउ पर्नेमा पूर्वअयोग्य लडाकु अक्तबहादुर घर्तीमगर र प्रवेश डिसी छन् ।

जगतको घर रुकुमको चुनुवाङ–७ हो । उनी माओवादी शान्ति प्रक्रियामा आएपछि जनसेना शिविरमा बसी नेपाली सेनामा समायोजन हुन गएनन् । उनले जनसेना भएबापत सरकारले दिएको पाँच लाख रूपैयाँ भने लिएका थिए । पक्राउ परेका अक्तबहादुरको घर रोल्पाको कोटगाउँ र प्रवेशको पनि गैरीगाउँ गाविसमा छ । प्रहरीले शंका लागी सोधपुछ गर्दा नबोली भाग्न खोजेकाले तलासी लिँदा लागुऔषध फेलापरेको हो ।by एस काठमाडौं

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।