असार २६, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित सुशीला कार्कीलाई अनुमोदन गरेको छ ।
आइतबार बिहान भएको संसदीय सुनुवाइ समितिको निर्णय सुनाउँदै सभापति कुलबहादुर गुरूङले कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन भएको बताए ।
बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले भ्रष्टाचार लगायतका आरोपहरू अस्वीकार गरिन् । आफूलाई श्रीमान र भगवानसँग डर लाग्ने भन्दै उनले भ्रष्टाचार गरेको भए आफ्नो सम्वन्ध विच्छेद भइसक्ने तर्क गरिन् ।
प्रतिक्रिया दिनुहोस्