0 COMMENTS

असार २६, काठमाडौं | डा. गोविन्द केसीले आजबाट आफ्नो अनसनको कार्यक्रम सुरु गर्ने भएका छन् । शिक्षण अस्पताल परिसर भित्रै अनशन बस्न लागेका केसीले आज बिहान १० बजे पत्रकार सम्मेलन गरेर दिउँसोदेखि अनशन सुरु गर्ने भएका हुन् ।

अस्पताल प्रशासनले शनिबार साँझ डा. केसीलाई अनशन बस्ने निर्णयमा पुनर्विचार गर्न र बस्ने नै भए पनि अस्पताल हाताभित्र नबस्न पत्राचार गरेको थियो । केसीले पत्र बुझे पनि जवाफ भने फर्काएका छैनन् ।

उता डा. केसीले अस्पतालभित्र अनशन बसे आफूहरूले पनि अस्पतालभित्रै अनशन बस्न ठाउँ पाउनुपर्ने मनमोहन अस्पतालका डाक्टरहरूको माग छ । अनशन बस्ने कुरामा मनमोहनका डाक्टरहरुले पनि ठाउँ मागेपछि अस्पताल हाताभित्र कसैलाई अनशन बस्न ठाउँ दिन सकिन्न भन्दै अनशन बस्ने नै भए पनि अस्पतालभित्र नबस्नुस् भन्ने पत्र केसीलाई दिएको शिक्षण अस्पतालका निर्देशक डा. दीपक महराले बताए ।

मनमोहनका ३३ चिकित्सकले विज्ञप्ति जारी गर्दै डा. केसीले शिक्षण अस्पतालभित्र अनशन बस्न नपाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।