0 COMMENTS

kaliयो संसारलाई अधर्मको बाटोतर्फ मोड्ने र मानवजातिलाई सताउने दुष्ट दानव र दैत्यलाई नष्ट गर्ने हिन्दु धर्मी महादेवी ‘काली’को नाम त हामी सबैले सुनेका छौँ। तर धेरैलाई यो थाहा नहुन सक्छ कि उनले विभिन्न रूप लिएर आफ्नो लीला रच्ने गर्छिन्।

हिन्दु धर्मका विभिन्न ग्रन्थ तथा शास्त्रका अनुसार कालीका सामान्यतयाः १० रूप छन्, जसलाई ‘दश महाविद्या काली’ पनि भनिने गरिन्छ। र महाकालीका हरेक अवतारले हिन्दु धर्ममा आ-आफ्नै महत्व बोकेको छ। यो ब्रह्माण्डलाई जीवित राख्ने परमात्मा र नष्ट गर्ने प्रकाशको रूप महाकालीलाई ‘आदिशक्ति’ वा ‘कुण्डलिनी शक्ति’ पनि भनिन्छ।
महाकालीका १० विचित्र रूपहरू

१. काली

महाकालीका १० रूपमध्ये सबैभन्दा मूख्य र मूल रूप भनेकै ‘काली’ देवी हुन्। पुराणमा उल्लिखीत प्रसङ्गका अनुसार, दैत्य ‘रक्तबीज’को वध गर्न महादेवले महाशक्ति काली अवतार लिएका थिए, जसलाई स्वयं महादेवले आफ्नो वशमा राख्न सकेका थिएनन्। दैत्यको वध गरिसकेपछि पनि असीमित शक्तिले भरिएकी र दक्षिणतर्फ फर्किएकी क्रोधित कालीलाई नियन्त्रण गर्न खोज्दा महादेवको छात्तीमै टेकेर काली त्यहाँबाट पलायन भएकी थिइन्। त्यहिँदेखि उनलाई ‘दक्षिणकाली’ पनि भनिँदै आएको शिवपुराणमा उल्लेख छ।

त्यसलगायत, चण्ड र मुण्ड दैत्यको वध गरेकै हुनाले माँ कालीलाई ‘चामुण्डा देवी’ भनेर पनि धर्मावलम्बीहरूले पुग्ने गर्छन्। सबै रूपमध्ये महाकालीको यो रूपलाई सबैभन्दा भयङ्कर र शक्तिशाली रूप मानिन्छ।

२. मातांगी काली

जब प्रकाश छर्ने ज्ञान स्वयं नै अन्धकारतर्फ मोडिन्छ, तब त्यो ज्ञानलाई अशुद्ध वा अपवित्र मानिन्छ। ज्ञानकी देवी सरस्वतीको यहि अशुद्ध अवतारलाई नै ‘मातांगी काली’ भनेर शास्त्रहरूमा उल्लेख गरिएको छ। हिन्दु धर्मको पल्लो छेउमा स्थान ग्रहण गरेकी हरीयो वर्णकी तान्त्रीक देवी मातांगीलाई पुज्नेबेलामा जुठो नैवेद्य र बासी खाना चढाइन्छ, त्यो पनि देब्रे हातले (अशुद्ध हात)। उनलाई अधिकांशले ‘चण्डालिनी’ नामले पनि चिन्ने गर्छन् र उनको पुजा कहिल्यै पनि घरभित्र गर्न नहुने हिन्दु धर्मको विश्वास रहेको छ।

३. छिन्नमस्ता काली

महाकालीका दशै रूपमध्ये छिन्नमस्ता रूपलाई सबैभन्दा विचित्रको रूप मानिन्छ। ‘छिन्नमस्ता’को अर्थ हुन्छ ‘शिर काटिएकी’! कालीको यो अवतारले आफ्नै काट्टिएको टाउको हातमा लिएर त्यहाँबाट निस्किएको रगत पिउँने गर्छिन्। उनको पाउतर्फ एक स्त्री र एक पुरुष उनलाई प्रणाम गर्दै बसिरहन्छन्, जसलाई ‘राधा-कृष्ण’ र ‘कामदेव-देवी’को रूप मानिन्छ। छिन्नमस्ता रूपले सृष्टि र अन्त्यको सङ्केत गर्ने धर्मशास्त्रमा उल्लिखीत छ।

४. श्मशान काली

श्मशान काली उही ईश्वरीय देवी हुन्, जसलाई हिन्दु धर्ममा ‘घाटदेवी’ पनि भनिने गरिन्छ। उनको बासस्थान श्मशानमा रहेको र उनको पुजा पनि श्मशान घाटमा मात्रै गरिने विश्वास गरिन्छ। अन्य कालीका रूपले जस्तो उनले जीब्रो बाहिर निकालेकी छैनन्। केवल दुई हात भएकी श्मशान देवीलाई मानवरूपी काली पनि भनिन्छ। हिन्दु शास्त्रका अनुसार, मानिस मरिसकेपछि उसको आत्मामा लागेको पाप र अधर्मको कालो दागलाई नष्ट गर्ने देवी नै श्मशान काली हुन्।

५. बगला काली

कालीको सबैभन्दा हिंसात्मक रूप नै ‘बगला काली’ हो। आफ्ना दुश्मनहरूलाई तड्पाई-तड्पाई मार्ने अनि दुश्मनको तड्पाईमा रम्ने बगला कालीको सौन्दर्यप्रति स्वयं विष्णु भगवान पनि मोहित भएको पुराणमा उल्लेख गरिएको छ।

६. भैरवी काली

भैरवी देवीलाई मृत्युको आह्वानकर्ता मानिन्छ। आफ्ना बालबच्चालाई सुरक्षा गर्नका लागि भयंकरको रूप लिएर अधर्मलाई मृत्यु दिने आमा नै भैरवी काली हुन् भनिएको छ शिवपुराणमा।
७. तारा देवी

काली देवीको रङ्ग गाढा नीलो भएको मानिन्छ। तर उनकै डरलाग्दो अवतार ‘तारा देवी’को सबैभन्दा भिन्नको विशेषता भनेको उनको रङ्ग हलुका नीलो छ। शास्त्रमा उनलाई वस्त्रहीन काली भनेर बयान गरिएको छ।

८. स्वदशी काली

स्वदशी काली अन्य रूप भन्दा भिन्न छिन्, उनी कहिल्यै पनि क्रोधित हुँदिनन् र उनी हिंसात्मक छैनन्। जोकोहिलाई पनि आफ्नो सौन्दर्यतर्फ मोहित गराउन सक्ने उनलाई एक साधारण युवतीको रूपमा वर्णन गरिएको पाइन्छ। उनको जन्म शिवको नावीबाट भएको विश्वास गरिन्छ।

९. कमला देवी

धनले उन्मत्त भएर चरमउत्कर्षमा पुगेकी लक्ष्मी दवीकै रूप हो ‘कमला देवी’। उनलाई ‘गज लक्ष्मी’ पनि भनिने गरिन्छ, किनभने उनको दुई छेउमा हात्ती रहेको शास्त्रमा उल्लेख गरिएको छ।

१०. धुमावती काली
धुमावती काली एकदमै असाधारण देवी हुन्, जसलाई विधवा देवीको रूपमा चिनिन्छ। हिन्दु धर्मभरीमा विधवा बनेकी देवी सायद उनी मात्रै छिन्। उनलाई लक्ष्मीको विपरीत देवी पनि मानिन्छ, जसले नराम्रो र अपवित्रको सङ्केत गर्दछ। जब हामी धुमावती वा अलक्ष्मीको पुजा गर्छौँ, तब हामी उनलाई हाम्रो घरबाट बाहिर जान आग्रह गर्छौँ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।