0 COMMENTS

असार ,२६ काठमाडौं/ सरकार परिवर्तनका विषयमा माओवादी केन्द्रले एमालेको निर्णय धेरै दिन नपर्खने भएको छ । नौबुँदे लिखित र तीनबुँदे भद्र सहमति कार्यान्वयनमा एमाले तयार नभए बजेट पारित भएको दुई–चार दिनमै सरकारबाट फिर्ता हुने उसको तयारी छ । २९ असारमा संसद्बाट बजेट पारित गर्ने कार्यक्रम छ ।

सरकारका तर्फबाट प्रधानमन्त्री ओलीले प्रस्तुत गरेका तीन प्रस्तावहरु यस्ता छन्ः

१. चक्रीय प्रणालीमा प्रधानमन्त्री
तीन दलले पालैपालो नेतृत्व गर्ने गरी राष्ट्रिय सहमतिको सरकार बनाउने पहिलो विकल्प छ । कांगे्रस सहमतिमा आउँदा मंसिरमा हुने स्थानीय तहको निर्वाचनसम्म ओलीले नेतृत् वगर्ने र त्यसपछि क्रमशः चक्रीय प्रणालीमा माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेगरी छलफल खुला राख्ने भएको छ ।

२. कांग्रेस तयार भए प्रचण्डको नेतृत्व
अहिले सरकारको विकल्पमा प्रचण्डको नेतृत्वमा सहमतीय सरकार गठन गर्न कांग्रेस तयार भएमा पनि छलफल खुला राख्नेबारे दुई नेताबीच छलफल भएको छ ।

३. कांग्रेस सहमतिमा नआए मन्त्रिपरिषद् पुनर्गठन
राष्ट्रिय सरकारका लागि कांगे्रस तयार नभए मन्त्रिपरिषद् पुनर्गठन गरेर जाने विकल्पमा पनि दुई नेताबीच छलफल भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।