0 COMMENTS
hama
हेमा अधिकारी

जङ्गलमा बस्ने एउटा बादरको लुतो
जति कन्यायो उति चीलाउने लुतो
थाहा छैन उसलाइ आफ्नो तीखो नङ्ग्राले कन्याउदा
केही क्षण आनन्द हुन्छ तर पछि पोल्छ र अझ गहीरो हुन्छ
ऊ विवश छ थोरै समयको आनन्द लिन
तर पनि चिथोर्छ कन्याउँदछ र माया गरेर चाट्छ
उसलाई चाडै निको हुनु पनि छ
अन्त्यमा घाउ भयानक भै सकेको हुुनेछ
तैपनी ऊ घाउ चिथोर्दै छ
बिचरा आफूले गरेको कार्यले
उ पछुताउँछ तर पनि उ बिवश छ
लुतो कन्याउदै छ अन्तिम अबस्थासम्म
अन्तिममा उसको हात चल्नै छाडछ
तर पनि शरीरलाई उचाल्दै छ जमिनमा घस्रने प्रयास गर्दै छ
  अन्त्यमा उसको जीवन लीला नै समाप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।