0 COMMENTS

तिम्रो के गयो र त्यसका लागि तिमी रुन्छौ ? तिमिले के लिएर आएका थियौ जुन तिमिले गुमायौ ? तिमिले के रचना ग¥यौ जुन नाश भयो ? न त तिमिले केही लिएर आएका थियौै न लाने नै छौ । जे लियौ यहीँबाट लियौ । जे दियौ यहीँ दियौ । जे लियौ उहाँ (भगवान) बाट लियौ र जे दियौ उहाँ (भगवान)लाई नै दियौ ।

खालि हात आयौ र खालि हात नै जानेछौ । जे आज तिमिसँग छ हिजो कसैको थियो र भोली अरु कसैको हुनेछ । तिमि यसलाई आफ्नै सम्झेर मग्न र मख्ख भईरहेका छौ । वस् यही प्रशन्नता तिम्रो दुःखको कारण हो ।

परिवर्तन संसारको नियम हो । जसलाई तिमि मृत्यु सम्झन्छौं त्यही त जीवन हो । एकैछिनमा तिमि करोडौंको मालिक हुन्छौ भने अर्को क्षणमा दरिद्र हुनसक्छौ । मेरो, तिम्रो, उसको, ठूलो सानो आफ्नो, अर्काको भन्ने मनबाट निकाल त्यसपछि सबै तिम्रै हो र तिमी सबैका हौ ।

न त यो शरीर तिम्रो हो न तिमि यो शरीरका हौ । यो शरीर अग्नि, जल, वायु, पृथ्वी, आकाशले बनेको हो र यसैमा मिल्नेछ । तर आत्मा भने स्थिर छ – त्यसो भए तिमि को हौ ?

तिमि आफूले आफूलाई भगवानप्रति अर्पित गर । यो नै सबैभन्दा उत्तम सहारा हो । जसले यो सहाराको बारेमा जान्दछ ऊ भय, चिन्ता र शोकबाट सर्वदा मुक्त हुन्छ । तिमि जे जसो गर्छौ सबै भगवानको नाममा अर्पण गर्दै जाऊ यसो गरेमा सँधै जीवन मुक्तीको आनन्द अनुभव गर्न सक्छौ । (गीता–सार)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।