असार – २३ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको भेन्टिलेटर केहीबेर अघि झिकिएको अाेम हस्पिटलले बताएकाे छ ।
उनले अहिले अाफैँ अक्सिजन लिन थालेका छन् । उनले हात चलाउन पनि थालेकाे बताइएकाे छ । उपचारमा संलग्न डाक्टरहरुले उनकाे अवस्था खतरामुक्त रहेकाे बताएका छन् ।राष्ट्रपति भण्डारीले डा. शशांककी पत्नी डा. सुपात्रालाई टेलिफोन गरेर कोइरालाको स्वास्थ्यस्थितिबारे सोधखोज गरेकी छन् । साथै उनले कोइरालाको शिघ्र स्वास्थ्यलाभको कामना गरेको स्रोतले बताएकाे छ ।मंगलबार राति पिजा खाएपछि सर्किएर निमोनिया भएका थियाे ।
प्रतिक्रिया दिनुहोस्