0 COMMENTS

२३ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७०औं जन्मोत्सवको अवसरमा शुभकामना दिन उपप्रधानमन्त्री कमल थापा लगायतका नेताहरु निर्मल निवास महाराजगन्ज पुगेका छन् ।

थापासँगै भूमिसुधार मन्त्री रामकुमार सुब्बा र बहालवाला अन्य मन्त्रीपनि निर्मल निवास मा ज्ञानेन्द्र शाहको ७०औं जन्मोत्सवको अवसरमा शुभकामना दिन आएको निर्मल निवास श्रोतले बताएको छ ।अाफ्नो ७०औं जन्मोत्सभमा शुभकामना दिन आउनेहरुका लागि पूर्वराजा ज्ञानेन्द्रले आज बिहान ११ बजेदेखि भेट दिएका थीए।

दिउँसो साँढे १ बज्दासम्म शुभकामना दिन आउनेहरुको लाइन निर्मल निवासमा उल्लेख्य देखिन्थ्यो । पूर्वराजालाई शुभकामना दिन तत्कालिन शाही सरकारका मन्त्री रमेशनाथ पाण्डे, भुवन पाठक, दुर्गा श्रेष्ठ लगायत निर्मल निवास पुगेका छन् । त्यस्तै राप्रपा नेपालका बिद्रोही नेता केशरबहादुर विष्टपनि निर्मल निवास पुगेका छन् ।निर्मल निवासमा पोखरा, बीरगञ्ज र सर्लाहीबाट समेत ज्ञानेन्द्रका शुभेच्छुकहरु भेला भएका छन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।