एजेन्सी, असार २२ । चर्चित खेलाडी लियोनल मेसीले सन्यास लिएको घोषणा गरेको चर्चाबीच अर्जेन्टिना राष्ट्रिय फुटबल टीमका प्रशिक्षक जेरार्डो मार्टिनले समेत राजिनामा दिएका छन् । अर्जेन्टिना फुटबल एशोसिएसनसँग असहमति राख्दै उनले राजीनामा दिएको जनाएका छन् । यसअघि मेसीले समेत एशोसिएसनमाथि आरोप लगाएका थिए । ५३ वर्षका मार्टिनो सन् २०१४ को अगस्टदेखि प्रशिक्षक थिए विभिन्न क्लबले खेलाडी उपलब्ध नगराएका कारण पनि प्रशिक्षक मार्टिनो निराश रहँदै आएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कोपा अमेरिकाको हारपछि स्टार स्ट्राइकर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्