0 COMMENTS

Bhotekoshiमेलम्ची, असार २२ । सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय अत्यधिक वर्षा हुँदा भोटेकोसी नदीमा एक दशकयताकै सबैभन्दा ठूलो बाढी आएको छ । बाडीले मध्य भाेटेकाेशी जलबिधुत अायाेजनामा ठुलाे क्षति हुनुकाे बाह्र बिसे,ताताे पानी खण्डका २५ घर डुबानमा परेकाे छ ।

जिल्लाको सिमाना रहेको तिब्बत क्षेत्रमा लगातारको वर्षाका कारण आएको बाढीले तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाँडीचौरलगायत क्षेत्र डुबानमा पर्न सक्ने सम्भावना देखिएको छ । नेपाल चीन सीमा क्षेत्रबाट दुई किलोमिटर उत्तरमा रहेको चिनियाँ क्षेत्रमा गएको पहिरोले भोटेकोशी थुनिएपछि स्थानीयबासीलाई त्रसित बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक रवीन्द्र केसीका अनुसार मङ्गलबार रातिदेखि अत्यधिक वर्षाले भोटेकोसी नदीमा पानीको बहाव बढेकाले नदी किनारमा बसोबास गर्ने स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको र बाढीले हालसम्म कुनै पनि मानवीय क्षति भएको विवरण नआएको केसीले जानकारी दिनुभयो ।

वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत जम्बु भन्ने स्थानमा बाढीले सडक कटान गरेको र जुरेमा माथिबाट खसेको लेदोका कारण बन्देउ–तातोपानी सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु पाण्डेले बताउनुभयो । पहिरोसँगै आएको बाढीका कारण त्यहाँको टेलिफोन सेवा अवरुद्ध भएको छ भने आठकिलोमा गएको पहिरोले सवारी आवतजावतमा पनि समस्या भएको स्थानीय ले जानकारी दिए ।

पाण्डेका अनुसार तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाडीचौरका स्थानीयवासीलाई मङ्लबार रातिदेखि माइकिङ गर्दै सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो । वर्षा र बाढीका कारण सञ्चार सम्पर्कमा समेत कठिनाइ भएको पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।