0 COMMENTS

eidअसार २२, काठमाडौं | इस्लाम धर्मावलम्बीको महान चाड इद आज नमनाईने भएको छ । मंगलबार चन्द्रमा नदेखिएपछी बिहीबार अर्थात भोलीमात्रै इद मनाइने भएको छ ।

आज इद हुने/नहुने थाहा पाएपछि मात्र सरकारले सार्वजनिक बिदाको घोषणा गर्छ । गृह मन्त्रालयले मंगलबार एक बिज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक बिदा दिने घोषणा नभएको जनाएको थियो ।

यस अवस्थामा भोली भने सरकारले सार्वजनिक बिदा दिनेछ । तर मन्त्रालयले यस बिदाबारे पनि आधिकारिक घोषणा गरिसकेको छैन । इस्लाम धर्म र परम्परा अनुसार एक महिना लामो रोजापछि देखिने चन्द्रमा हेरेर इद पर्व मनाइने गरिन्छ ।

इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका लागि रोजा अर्थात् दिनभरि उपवासमा बसेर यस पर्वको शुभारम्भ गरिएको थियो । रोजा पर्वका अवसरमा कुरान पाठ, अल्लाहको एवादत गर्ने, झुटो नबोल्ने, दान गर्ने र शरीरलाई चोखो राखेर मनाइने परम्परा रहेको छ ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीहरुले दीनदुःखीलाई दान गर्ने र मीठो परिकार खाने गर्छन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।