0 COMMENTS

janatratriअसार २२, काठमाडौ । १० वर्षे माओवादी द्वन्द्वको उद्गमस्थल मानिने रुकुममा फेरी लडाईको नाममा अभ्यास सुरु भएको छ । हतिरयारसहित लडाकुले पुर्वी रुकुममा एक घर एक लडाकु अभियान चलाएर नयाँ युद्धको तयारी गरेको बुझिएको छ ।

पूर्वीगाविसमा मंगोल नेसनल नामक पार्टी कार्यकताले हतियारसहित चन्दा आतकंसमेत मञ्चाउन थालेपछि स्थानिय आतंकित भएका छन । कम्व्याट पोसाक र हरियारसहित प्वाङ र जाङ गाविसका घरघरबाट तान्दा थाल्दा युवा गाँउबाट भागेर कोही काठमाडौ त कोही सदरमुकाम खलंगा पुगेका छन् ।

आपूर्तिमन्त्री गणेशमान पुन प्वाङ निवासी हुन् । नेसनल मंगोल पार्टीका कमाण्डर उपेन्द्र घर्तीमगरले प्रत्येक घरबाट एक व्यक्ति आफ्नो लडाकु दस्तामा समावेश हुन उर्दी जारी गरेको एक युवाले भने, ‘नेपाली सेनाको जस्तो पोषाक र बुट लगाएका हुन्छन्, बन्दुक बोकेर आउँछन् र आफ्नो दस्तामा नगए हत्या गर्ने धम्की दिन्छन्, म त बल्ल भागेर आएँ ।

सदरमुकामबाट दुईदिन पैदल दूरीमा रहेको जाङ गाविस सबैभन्दा बढी आतंकित छ । उक्त गाविसमाथि रहेको लेकमा हतियारबद्ध तालिम दिने तालिम केन्द्रसमेत रहेको स्थानीयले बताए । त्यहाँ करिव १ सय ५० जनाको संख्यामा तालिम सञ्चालन भइरहेको स्रोतको दाबी छ ।

उपेन्द्र घर्तीमगर जाङ गाविस–२ खारखोला निवासी भारतीय पेन्सनरका छोरा हुन् । उनले विगतदेखि नै विभिन्न हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको बताइन्छ । रुकुम प्रहरीले केही समय अघि उनलाई १५ लाख बराबरको कम्ब्याड पोसाक र लडाकुको विभिन्न दज्र्यानी चिह्नसहितका सामग्री सहित पक्राउ गरी हिरासतमा राखेको थियो । केही समय हिरासतमा बसि उनी धरौटीमा रिहा भएका थिए ।

त्यसपछि उनले भूमिगत गतिविधि सञ्चालन गर्दै आएका छन् । उनले गाउँमा मान्छे कुट्ने, नक्कली सर्टिफिकेट बनाएर विक्रि गर्ने, झैझगडा मिलाएरअनुसार मोटो रकम असुल्ने चन्दा उठाउने, युवालाई जर्ववस्ती तालिम दिने उनका दैनिकी हुन् । -जनआस्था साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।