0 COMMENTS

Ganesh-Man-Pun-2काठमाडौं,२०७३,असार २१, / बल्खु तरकारी बजारमा आपुर्तिमन्त्री गणेशमान पुनसहितको टोलीमाथी आक्रमण भएको छ । बल्खु तरकारी बजारमा उपभोक्ता ठगि गरेको उजुरी परेपछि आपुर्तिमन्त्रीसहितको टोली पुगेको थियो । ढक तराजु गुणस्तर नापतौल विभागले प्रमाणित गरेको भन्दा कम देखिएपछि मन्त्रीको टोली अनुगमणमा निस्केको थियो । अनुगमणमा निस्केको टोलीमाथी ब्यापारीले आक्रमण गरेको मन्त्रीका स्वकीय सचिव अर्जुनकुमार पाठकले बताए ।

अनुगमण टोलीले ढक र तराजु नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो । आफुहरुलाई थाहा नै नदिइ अनुगमण गरेको भन्दै ब्यापारीले आक्रोस पोख्न थालेपछि झडप भएको हो ।ढक तराजु उठाउन खोज्दा ब्यापारीले तरकारी र पानीको बोत्तल प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।