0 COMMENTS

rapeकाठमाडौं, २० असार । नेकपा माओवादी केन्द्रका एक जिल्लास्तरीय नेता भतिजी बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।

काभ्रे धुसेनी शिवालय गाविसका माओवादी नेता मोतीलाल गौतम आफ्नै भतिजीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

केही दिनअघि भतिजी बलात्कार गरेर राजधानी छिरेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।

गौतमको मुद्दालाई बाहिर नल्याउन पीडितका परिवारलाई माओवादी केन्द्रका नेताहरुले दबाब दिएका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।