0 COMMENTS

dipak-602x330काठमाडौं, असार १७ / गुन्डा नाइके दीपक मनाङेसहित उनको समूहका दुईलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरूलाई हीजाे  बिहीबार राति ठमेलबाट पक्राउ गरेको हो ।
गुन्डागर्दीको उजुरीका आधारमा मनाङेको समूहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए । सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका मनाङेले केही दिनअघि विशेष अदालत पुगेर कर्मचारीलाई थर्काएका थिए । ठमेल क्षेत्रमा पनि गुन्डागर्दी गरेको र धम्की दिएर रकम असुलेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको बुझिएको छ ।
उपत्यकामा सक्रिय अन्य गुन्डा नाइकेहरूलाई पनि निगरानीमा राखिएको एसएसपी थापाले बताए । बिहीबार बेलुका प्रहरीले अन्य गुन्डा नाइकेको अखडामा पनि छापा हानेको थियो । गत साता मात्र प्रहरीले गुन्डागर्दीको आरोपमा बाफलका जसवन्त राईलाई गोली हानी पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।