0 COMMENTS

काठमाडौं,१७ असार / नयाँ शक्ति नेपालमा पार्टी संयोजक बाबुराम भट्टराईसँगै गएका पूर्व माओवादी नेताहरुले सामूहिकरुपमा पार्टी छोड्ने कसरत सुरु गरेका छन् ।

पार्टीभित्र विचार र पद्धती भन्दा पद र प्रतिष्ठालाई बढी ध्यान दिइएको भन्दै उनीहरुको असन्तुष्टि चुलिएको हो ।

संगठनका आधारभूत पक्षको समेत ज्ञान नभएको, विचार दिनसक्ने र निर्माण गर्न सक्ने हैसियत नभएकाहरुलाई अगाडि सारिएको र लामो राजनीतिक इतिहास भएकाहरुलाई पछाडि पारिएको भन्दै पार्टी परित्यागको मानसिकतामा उनीहरु पुगेका छन् ।

श्रोत भन्छ– बाबुरामका अत्यन्तै निकट रहेका र लामो समयदेखि नेपालको प्रगतिशील आन्दोलनमा होमिएका देवेन्द्र पौडेल समेत बाबुरामको कार्यशैलीसँग असन्तुष्ट छन् । “एकातिर व्यक्ति पूजाको बिरोध गर्ने बाबुरामको देवत्वकरण गरिने, अर्कोतर्फ जसलाई पायो, त्यसलाई विशेष जिम्मेवारी दिइने कुराले पौडेलजी असन्तुष्ट हुनुहुन्छ” श्रोतले भन्यो । देवेन्द्र पौडेलमात्रै नभएर मुमाराम खनाल, नवराज सुवेदीलगायतका नेताहरुले समेत यसमा असन्तुष्टि व्यक्त गरेका छन् ।
“पार्टीको दीगोपनाका लागि वैचारिक कार्यदिशा मुख्य हो, त्यही आधारमा संगठनको संरचना समेत निर्माण हुनुपर्ने हो, तर त्यसो नगरिएर सस्तो प्रचारका लागि मान्छे भर्ना गर्न थालिएपछि वहाँहरु असन्तुष्ट हुनुहुन्छ” श्रोतले भन्यो ।

यद्यपी यसरी परित्याग गर्ने सोँचमा रहेकाहरु तत्कालै पुरानै पार्टीमा फर्किने सम्भावना भने कम रहेका श्रोतको दावी छ ।

”बाबुरामजी एक्लो पर्दा साथ दिने हामी, अहिले अरुको रजाई” भन्दै पौडेल, सुवेदी, शर्मा, खनाललगायतको असन्तुष्टि चुलिएको उनले बताए ।
नयाँ शक्तिले सह संयोजकहरुमा रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोबलाई चयन गरेपछि त्यसमा समेत चर्को विवाद देखा परेको छ । यसअघि नेता झामाथि मधेसकै नेताहरुले दुव्र्यवहार गरेक  नेता झा लामो समयदेखि राजनीतमा सक्रिय व्यक्ति हुन । विधि र पद्दतीको कुरा गर्दा पदका लोभीहरुले आफूमाथि हातपातको प्रयास गरेको उनले बताएका थिए ।

बरियताको विषयमा मधेसी कोटाबाट झा, आदिवासी जनजातिबाट कर्मोचा र महिला तथा दलितबाट समानुपातिक हुने गरी सोबलाई चयन गरेको जनाएपनि यो संरचनाले पार्टी विकास नहुने भन्दै सशस्त्र युद्ध लडेर आएका माओवादी नेताहरु झनै असन्तुष्ट बनेका हुन ।

“बाबुरामजी घेरिनुभएको छ” श्रोतले भन्यो, “हिजो यसैगरी प्रचण्डजी घेरिँदा एमाओवादीमा जथाभावी मानिसहरुले राज गरे । योगदान भएकाहरु पाखा परे, अहिले त्यही गल्ती बाबुरामजीले गर्दै हुनुहुन्छ” श्रोतको भनाई छ । बाबुरामले गैर कम्युनिष्ट पृष्ठभूमि भएकाहरुलाई मिलाउनुपर्ने भन्दै तर्क दिएपनि यसले लामो समयदेखि योगदान दिएका वामपन्थी पक्षका नेता तथा कार्यकर्ताहरु भने खुशी देखिँदैनन् ।

नेपालको राजनीतिक परिवर्तनमा ठूलो संघर्ष गरेका र जीवनलाई नै देश, पार्टी र जनताका पक्षमा समर्पण गरेका कतिपय पूर्व माओवादी नेताहरुमाथि अन्याय गरिएको भन्दे जिल्लाहरुमा समेत असन्तष्टि चुलिएको उनले बताए । “भाग खान गएका त थिएनौं नि नयाँ शक्तिमा, केही नयाँ होला, हिजोका सपना केही पुरा होलन कि भनेर पो लागिएको, तर त्यहाँ पनि पदका लागि यस्तो किचलो ? आफ्नो स्वार्थका लागि जे पनि गरे भैदिने, विधान समेत मिच्न पाइने ?, अनि कसरी हुन्छ नयाँ शक्ति” कार्यकर्ताहरुले नेतृत्वलाई प्रश्न गर्ने गरेको श्रोतले बतायो ।

सम्भवतः अगामी दुई तीन महिनासम्म पार्टीको कार्यशैली नसच्चिए उप्पलो तहका केही नेताहरु पार्टी छोड्ने निर्णयमा पुगेको श्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।