0 COMMENTS

lawoti1असार १६,काठमाडौँ, । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, समानान्तरको केन्द्रीय कार्यसमितिको बैठकले कार्यबाहक अध्यक्ष गणेश शेरचनलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा विहीबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले शेरचनले पार्टीलाई सही नेतृत्व दिन नसकेका कारण उहाँलाई पदमुक्त गरेको पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिए । समान विचारधारा भएका राजनीतिक दल एवम् शक्तिसँग एकता गर्ने पार्टी स्थापनाकालदेखिको नीति विपरीत एकीकरण प्रयासमा उनले बाधा गरेको लावतीले आरोप लगाए ।

उपाध्यक्ष सत्यमान लामाको अध्यक्षतामा सम्पन्न बैठकले लामालाई नै पार्टी नेतृत्वको जिम्मेवारी प्रदान गरेको छ । बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकता वार्तालाई सकारात्मक निष्कर्षमा पुर्याउने तथा राष्ट्रवादी शक्तिको एकताका लागि प्रयत्नशील रहेका सन्दर्भमा बृहत् राप्रपा एकता अभियानमा सरिक रहँदै जाने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।