0 COMMENTS

असार १६, काबुल । अफगानिस्तानको राजधानी काबुलमा फेरी आत्मघाती आक्रमण भएको छ ।

बिहीबार दिउँसो राजधानी काबुलमा अफगान पुलिसको गाडीमा भएको शक्तिशाली आत्मघाती आक्रमणमा कम्तिमा ४० जना प्रहरीको ज्यान गएको छ । आक्रमणबाट कम्तिमा सयभन्दा बढी घाइते भएका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

अफगान अधिकारीलाई उधृत गर्दै आएको समाचार अनुसार तालिबानले यो आक्रमणको जिम्मेवारी लिएको छ । अधिकारीहरुका अनुसार काबुलको काला ए हैदर खान गाउँमा एक कम्पनीको एरियामा तालिबानले आत्मघाती आक्रमण गरेका हुन् ।

हालै मात्र तालिम सकेका पुलिसका अधिकृत सवार गाडीमा दुईजना हमलाकारीले आक्रमण गरेको बताइएको छ । गत साता सोमबार बिहान काबुलमै तालिबानको आत्मघाती हमलामा १३ जना नेपालीसहित १४ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।