0 COMMENTS

असार १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काबुल आक्रमणमा मारिएकाहरुको शव सरकारकै पहल र खर्चमा ल्याइएको बताएका छन् ।

व्यवस्थापिका संसदको बुधबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले रोजगार दाता कम्पनीले पैसा दिएर ल्याएको दाबी गलत भएको भन्दै उनले १३ जना नेपालीको ज्यान जाने गरी भएको काबुल घटनाको निन्दा र विरोधसमेत गरे ।

प्रधानमन्त्री ओलीले संसदमा भने,सरकारले जहाज पठायो र ल्यायो र चर, त्यसलाई अवमुल्यन गर्ने गरी प्रयास भयो । बैदेशिक रोजगारसँग सम्वन्धित कम्पनीहरुले १०-१० हजार डलर दिएको थियो, त्यस आधारमा ल्याइएइको भन्ने भ्रम पूर्ण प्रचार गरियो ।

उनले काबुल घटनामा घाइते भएकाहरुको उपचार खर्च पनि सरकार आफैंले व्यहोर्ने बताए । घाइते मध्ये ५ को भारतमा र एकको अफगानिस्तानमा उपचार भइरहेको छ । घटनामा मारिएकाहरुलाई नेपाल वायु सेवा निगमको जहाजबाट काठमाडौं ल्याइएको थियो । उक्त विमान सरकारले चार्टर गरेर पठाएको कुराे बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।