0 COMMENTS

haribolgjurel 1काठमाडौं, असार १५ – असार १५ को दिन किसान खेतमा हिलो खेल्दै धान रोप्न ब्यस्त छन् । मानो रोपेर मुरी फलाउने दिनका रुपमा चिनिएको असार १५ मा सरकारले पनि विभिन्न कार्र्यक्रम गर्दै आएको छ । यस अवसरमा मन्त्री र कर्र्मचारी पनि धान रोप्न हिलोमा पस्छन् । बानी नपरेका र खानदानी परिवारमा जन्मेकाहरु पनि असार १५ मा घिन मानेरै भएपनि हिलोमा पस्छन् । तर कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरलेले भने हलभित्रको गमलामा धान रोप्नुभएको छ ।
हिलोमा जान अल्छी मानेर उहाँले गमलामा धान रोप्नुभएको होइन, बरु असार १५ को अवसर पारेर हलभित्र गरिएको कार्यक्रम उहाँले धान रोपेर उद्घाटन गर्नुभएको हो । नेपाल कृषी अनुसन्धान परिषद् नार्कको सभाकक्षमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रम फरक शैलीले उद्घाटन भयो । राष्ट्रिय धान दिवस भएकाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्ने चलन रोकेर मन्त्री गजुरेलले गमलाको हिलोमा धान रोप्नुभएको हो । मन्त्रीले रोपेको धान हुर्काएर फलाउने नार्कका कर्मचारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।