0 COMMENTS

 युवतीहरु कस्ता युवकहरु रूचाउँछन् त । यो जो कोहीले जान्न खोज्ने विषय हो । हरेक युवती चाहन्छिन् मेरो बोइफ्रेण्ड वा पति यस्तो होस भनेर ।

हामीले समाजमा देखेकै छौ कुनै युवतीले सोच्दै नसोचेको केटा मनपरारहेका हुन्छ । केटाहरुमा हुने गुणका कारण पनि युवतीहरुमा त्यस्तो प्रभाव पर्ने विज्ञहरु बताउँछन् । केटाहरुमा हुनुपर्ने ती विशेष गुणहरु के के हुन् त जसलाई युवतीहरुले मन पराउँछन् । यी हुन् यस्ता युवकहरु जसप्रति युवतीहरु मरिहत्ते गर्छन् ।

स्वतन्त्रताप्रेमी ससाना कुरामा मतलब नगर्ने, मुडी टाइपको तथा स्वतन्त्र हिसाबले अघि बढ्ने र साहसिक काममा हात हाल्ने युवकहरुले युवतीहरुको मन जित्न सक्छन् । डरपोक, परम्परावादी तथा कञ्जुस युवकहरुले युवतीहरुको मन जित्न सक्दैनन् । सेन्स अफ ह्युमर होस् र बेलाबेलामा हँसाउन सकोस् । दिक्क लाग्ने राजनीतिलाई पनि कमेडीको पारामा प्रस्तुत गर्न सकोस् ।

सार्वजनिक रुपमा सकारात्मक हुने र शक्ति तथा नियन्त्रणको क्षमता प्रदर्शन गर्न सक्ने युवकप्रति युवतीहरु विशेष रुपमा लालायित हुन्छन् । अरु पुरुषको सफलता र सौन्दर्यप्रति डाहा नगर्ने तथा गर्लफ्रेन्डको अन्य पुरुष साथी तथा सहकर्मीप्रति शंकाको दृष्टिले नहेर्ने युवकहरु विशेष प्राथमिकतामा पर्दछन् । आत्मविश्वासी आफुप्रति पूर्णरुपमा विश्वासी रहेको युवकले युवतीहरुको ध्यान खिच्न सफल हुन्छ ।

आफ्नो सिर्जनशीलताले अरुलाई मख्ख पार्नसक्ने, जस्तै आफुले लेखेका कविता, बनाएका चित्र, कथेका चुट्किला, लेखेका गजल आदि सुनाएर केटीसाथीलाई खुसी पार्न सक्ने युवकहरुलाई प्रेमिकाको खडेरी पर्दैन । कलात्मके यसको अर्थ युवतीले मन पराउनका लागि युवक कुनै कलाकारै हुनुपर्छ भन्ने छैन । तर चञ्चल स्वभावको तथा हरेक कुरालाई सहज लिएर हँसीमजाकमा क्षण कटाउने युवकलाई युवतीहरुले मन पराउँछन् ।

सहयोगी तथा संवेदनायुक्त स् अर्काको भावनाको कदर गर्ने, कामलाई सानो नभन्ने, हरेक कुरामा सहयोग गर्ने युवकले युवतीको मन जित्न सक्छ । आफ्ना हरेक समस्या तथा विषयहरुमा कसैले ध्यान दिओस् र सहयोग गरोस् भन्ने चाहना आम युवतीहरुको हुन्छ र सोही आवश्यकतालाई सम्बोधन गर्नसक्ने पुरुषहरु भाग्यमानी बन्दछन् । -एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।