0 COMMENTS

असार १३, काठमाडौँ | कोपा अमेरिका फुटबलको उपाधि दोश्रो पटक चिलीको हातमा परेको छ । डिफेन्डिङ च्याम्पियन चिली र अर्जेन्टिनाबिच अमेरिकाको न्युजर्सीमा भएको फाइनल खेलमा चिलीले टाइब्रेकरमा ४ गोल गर्दै अर्जेन्टिनालाई पराजित गरेको हो ।

अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसी र अर्का बेगिलाले पेनाल्टी मिस गरेपछि चिलीले ४-२ गोल अन्तरमा उपाधि आफ्नो हातमा पार्न सफल बन्यो । निर्धारित ९० तथा थप गरिएको ३० मिनेटको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । चिलीका तर्फबाट अटुरो भिडाल सुरुको पेनाल्टीमा चुकेपनि पछीका सबै खेलाडीले चिलिका लागि गोल गर्न सफल बने |

सेमिफाइनलमा कोलम्बियालाई हराएर फाइनल प्रवेश गरेको चिली र सेमिफाइनलमा आयोजक अमेरिकालाई ४–० गोलले पराजित गर्दै फाइनलमा आएको अर्जेन्टिनाबिचको आजको खेल निकै रोमान्चक रह्यो ।

१४ पटक कोपा अमेरिकाको उपाधि उचालेको अर्जेन्टिनाले आजको खेलमा पेनाल्टीमा चुक्न पुग्दा लाखौँको सहभागिता रहेको समर्थकहरुबीच एकाएक निराशा छाएको थियो । गत वर्ष पनि अर्जेन्टिनालाई चिलीले फाइनलमा ट्राइब्रेकरमै पराजित गरेको थियो ।

खेलमा पराजय भएसँगै अर्जेन्टिनी स्टार लियोनल मेस्सी निराश मुद्रामा | तश्विर: एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।