0 COMMENTS

काठमाडौं, १३ असार । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अन्तिम अवस्थामा अष्ट्रेलिया जानबाट रोकिए । उनलाई प्रधानमन्त्री केपी ओलीको विशेष आग्रहमा रोकिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रचण्डलाई कुमार लामा बनाउनका लागि सुशील प्याकुरेल, सुवोध प्याकुरेललगायत मानवअधिकारकर्मी समेत लगेको रिपोर्ट प्रचण्डलले पाएका थिए । यो कुरा एकथरि एमाले निकट मानवअधिकारकर्मीलाई ठीक लागेको थिएन ।

त्यो पक्षले प्रधानमन्त्रीलाई भेटेर प्रचण्डलाई रोक्न अनुरोध गरेको बताइन्छ । प्रचण्डको संभावित दुर्घटना तत्काल बचाउन प्रधानमन्त्री केपी ओली सफल भएका छन् । साँघु साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।