0 COMMENTS

काठमाडौं  १२ असार। नेपाल राष्ट्र बैंकले तोकेको अनुपातमा विपन्न वर्ग कर्जा प्रवाह नगरेको भन्दै हिमालयन बैंकलाई १ करोड १५ लाख ६६१ रूपैयाँ जरिवाना गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिकमा तोकिएको अनुपातमा विपन्न वर्ग कर्जा सीमा अनुसार नभएको पाइएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई जरिवाना गरेको हो ।

राष्ट्र बैंकले पहिलो त्रैमासिकमा ५६ लाख ८१ हजार ८३५ रुपैयाँ र दोस्रो त्रैमासिकमा ५८ लाख ४४ हजार ५२७ रुपैयाँ जरिवाना तिराएको छ । विपन्न वर्ग कर्जा नपुगेको भन्दै ठूलो रकम जरिवाना गरिएको यो पहिलो हो ।

राष्ट्र बैंकको एकिकृत निर्देशन २०७२ अनुसार बैंकहरुले आफ्नो कुल कर्जा सापटको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा कर्जा लगानी गर्नुपर्छ । आजको कारोबारमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।