0 COMMENTS

असार ११, काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता देब गुरुङ्गले अहिले सरकार परिवर्तन भन्दा पनि बृहद शान्ति सम्झौतासँग जोडिएका मुद्दाहरु संबोधन हुन्छन कि हुँदैनन भन्ने प्रश्न मुल भएको भन्दै अहिले सरकार परिवर्तन मात्रै नभई शान्ति सम्झौता, संविधान कार्यान्वयन, निर्वाचन लगायतका विषयमा प्याकेजमै सहमति गर्नु पर्नेमा जोड दिए ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ नौ बुँदे सहमति सरकारले कार्यान्वयन गर्छ भने सरकार परिवर्तनको आवश्यकता छैन । हाम्रो कुरा निरपेक्ष रुपमा सरकार परिवर्तनसँग छैन । विगतका मुद्दा कार्यान्वयनसँग छ ।’

गुरुङ्गले आफूहरु एमाले सरकारले नै यी मुद्दा संबोधन गरोस भन्ने पक्षमा रहेको बताउँदै गर्न नसके सरकारको विकल्प खोज्ने बताए । गुरुङ्गले मुद्दामा सहमति जसको नेतृत्वमा पनि सरकार गठन गर्न सकिने बताए ।

उनले १२ बुँदे र विस्तृत शान्ति सम्झौतालाई अदालतले स्वामित्व ग्रहण गर्न नसक्दा समस्या आएको भन्दै द्धन्दकालिन घटनाका मुद्दा संबोधन नगरे आफूहरुसँग जेल जाने वा फेरि यूद्धमा जाने बाहेकको विकल्प नहुने चेतावनी दिए ।

गुरुङ्गले मधेसको अधिकांश माग जायज भएकोले त्यसलाई संबाद र सहमतिको बाटोबाट हल गर्नु पर्ने भन्दै मुलुकको समस्या समाधान अल्पमत र बहुमतको बाटो बाट हुन नसक्ने ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।