0 COMMENTS

असार १० –बेलायत युरोपियन युनियनबाट अलग भएको छ । युरोपेली संघ इयुमा रहने या छाड्ने भन्ने बारे ब्रिटेनमा भएको बिहिबार भएको जनमत संग्रहको मतगणनाको परिणाम आउने क्रममा इयु छाड्नु पर्छ भन्ने पक्ष विजय भएको हो ।

कुल ४ करोड ६५ लाख मतदाता मध्ये ७२ प्रतिशतले मतदानमा भाग लिएका थिए । इयु छाड्नु पर्छ भन्ने पक्षमा ५२ प्रतिशत र छाड्नु हुदैन भन्ने पक्षमा ४८ प्रतिशत मत खेसेको छ ।

यो परिणामले प्रधानमन्त्री डेभिड क्यामरुनले छोड्नु हुन्न भन्ने पक्षमा लागेकाले अब उनको पक्ष पराजित भएकाले उनीमाथि नैतिक संकट पर्न सक्न्ने अनुमान गरिएको छ भने बिपक्षि दलहरुले क्यामरुनको राजिनामा मागी सकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

निर्वाचन परिणामको प्रभाव स्वरूप पाउण्डमा भारी गिरावट आएको बिबिसीले जनाएको छ । परिणाम आउनु भन्दा अगाडी १ पाउण्ड बराबर १.५ डलर रहेकोमा अन्तिम परिणाम आइनसक्दै पाउण्ड घटेर १.३३ डलर पुगेको बताइएको छ । यो सन १९८५ देखिको सबै भन्दा कम भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।