0 COMMENTS

असार ९, काठमाडौं । काठमाडौंको बबरमहलमा प्रहरीले गोली चलाएको छ ।

बिहिबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले एक अभियुक्त प्रकाउ गर्न गोली प्रहार गरेको हो । एक दर्जनभन्दा बढी डाका मुद्दामा फरार रहेका जसवन्त राईलाई नियन्त्रणमा लिनका लागी प्रहरीले गोली चलाउनु परेको हो ।

राईले प्रहरीलाई देख्नासाथ भागेका थिए । प्रहरीले उनलाई पछ्याउँदै आत्मसमर्पणका लागी चेतावनी समेत दिएको थियो । राईको प्रहरीले चलाएको गोलीले घुँडामा लागेको छ । घाइते भएका राईलाई प्रहरीले नियन्त्रणमा लिई उपचारका लागि वीर अस्पताल लगिए प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।