0 COMMENTS

bandanaकाठमाडौं, असार ८ । नेपाली अधिकारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसंघ अन्तर्गतको कमिटिको सदस्यमा भएकी छन् । राष्ट्रसंघ अन्तर्गतको कनभेन्सन अन द इलिमिनेशन अफ अल फमस अफ डिसक्रिमिनेसन एग्नेस्ट वेमन (युएन सिइडिएडब्लु) कमिटिको सदस्यमा चयन भएकी हुन । राष्ट्रसंघको कमिटिको सदस्यमा चयन हुने राणा पहिलो नेपाली हुन् ।

अमेरिकाको न्युयोर्कमा भएको कमिटिको १९ औं बैठकले ११ जना नयाँ सदस्य चयन गरेको हो । जसमा नेपालकी अधिकारकर्मी राणाले पनि स्थान पाएकी हुन् । राणासहित चयन भएका ११ सदस्यले आउँदो वर्षको जनवरीदेखि कार्यभार सम्हाल्ने छन् । नयाँ सदस्यको कार्यकाल सन् २०२० अन्त्यसम्म रहने छ । ११ सदस्यका लागि विभिन्न २४ देशका महिलाले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।