0 COMMENTS

नक्कली प्रमापणत्रधारी डाक्टरहरुलाई पक्राउ गर्न सिआइबीलाई मेडिकल काउन्सिलले नै सुची उपलब्ध गराएको थियो । त्यसैको आधारमा चार महिनादेखि अनुसन्धान गरिरहेको सिआइबीको टोलीले पक्राउको सुचीमा १ सय जनालाई राख्यो ।
१० वटा जिल्लाका विभिन्न अस्पतालमा कार्यरत नक्कली प्रमाणत्रधारी डाक्टरहरुलाई उम्किन नदिन सिआइबीले एक साथ अपरेसन चलाएको थियो । सुचीमा रहेका हरेक अस्पतालमा सिआइबीले निगरानी बढाएको थियो भने अपरेसन पनि एकसाथ सुरु गरेको हो ।
ब्युरोका प्रमुख डिआइजी सिलवाल भन्छन्, ‘हामीले कसैमाथि पनि ज्यादति गरेका छैनौं, आरोपको जानकारी दिएर ‘ससम्मान’ पक्राउ गरेका हौं ।’
उनले कसैलाई पनि पक्राउ गर्दा हत्कडीसमेत नलगाइएको बताए । ‘उनीहरुको कसरी मानवअधिकार हनन भयो ?’ डिआइजी सिलवालले प्रश्न गरे ।
कुनै व्यक्तिलाई पक्राउ गर्दा उसको मानवअधिकार हनन हुन सक्छ भन्नेमा सिआइबी सचेत रहेको तर दोषि उम्किन नदिनु पनि आफूहरुको जिम्मेवारी रहेको उनले बताए । नक्कली प्रमाणपत्रधारी डाक्टरहरुलाई पक्राउ गर्ने क्रममा उनीहरुको मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको थियो ।
शुक्रबार बिहान करिब ८ बजे विराटनगरको वरगाछीस्थित लाइफगार्ड अस्पतालमा डाक्टर जावेत अख्तर अन्सारीको क्याविन अगाडी विरामीहरु कुरिरहेका थिए । टिकटअनुसार बिरामीहरु पालैपालो चेक गराउँदै निस्किए ।
केही व्यक्ति भने आफ्नो पालो आउँदा पनि चेक गराउन गएनन् । डाक्टरका सहयोगी बेला-बेलामा उनीहरुलाई चेक गर्न बोलाउथे । तर उनीहरु आफ्नो खासै ठुलो समस्या नभएकोले अन्तिममा जचाउने भन्दै बसिरहे ।
जब अन्य विरामी सकिए, करिब १० बजे सो ‘अटेरी टोली’ भित्र छिर्यो । उनीहरुले भित्र छिरेर डाक्टरलाई चेकअप गराउनुको साटो पक्राउ गरेर बाहिर ल्याए ।
खासमा उनीहरु बिरामी थिएनन् । विरामीको भेषमा आएको सिआइबीको टोली थियो त्यो । अर्काको डाक्टरी लाइसेन्स प्रयोग गरेको आरोपमा पक्राउ गरिएका अख्तर हाल सिआइबीको हिरासतमा छन् ।
‘आफ्नो कारण विरामीलाई अप्ठेरो नपरोस र जावेदको पनि अपमान नहोस भनेर हाम्रो टोली ३ घण्टासम्म प्रतिक्षामा बसेको थियो,’ सिआइबीका प्रमुख डिआइजी नवराज सिलवालले भने
विराटनगरस्थित ट्रमा अस्पतालमा कार्यरत डाक्टर मोहम्मद अबुल कलामसँग चेक गराउने भन्दै सिआइबीको टोलीले नक्कली बिरामी बनेर शुक्रबारको लागि नाम लेखाएको थियो ।
७ बजेको लागि नाम लेखाएकोमा पालो तिन नम्बरमा परेको थियो । सिआइबीका एक अधिकृतका अनुसार बिरामी बनेर सिआइबीको टोली अस्पताल पुग्दा अन्य वास्तविक बिरामीहरु पनि लाइनमा थिए ।
आप\mनो पालोमा चेक गराउन भित्र छिर्नेबित्तिकै आफ्नो परिचय दिंदै सिआइबी टोलिले डाक्टर कलामलाई उनी माथि लागेको आरोप सुनाए । डाक्टर कलामले सहजै आरोप स्वीकार गरे र प्रतिक्षामा रहेका विरामीलाई जाँच गर्न दिन आग्रह गरे । बिरामी जाँच गरेपछि उनी आफैंले स्कुटर चलाएर सिआइबीको टोलीसँगै जिल्ला प्रहरी कार्यालय तिर लागे । कलाममाथि आइएस्सीको प्रमाणपत्र नक्कली बनाएको आरोप लागेको छ ।
श्रीराम डाइग्नोस्टिक क्लिनिकमा कार्यरत सञ्जयकुमार दास चार दिनदेखि सिआइबीको निगरानीमा थिए । वालरोग विशेषज्ञका रुपमा कार्यरत सञ्जयलाई पक्राउ गर्न प्रहरीले ५ सय टिकट काटेर बसेको थियो ।
बिहान ८ बजेको लागि टिकट भए पनि डाक्टर भने १२ बजे मात्रै आइपुगे । आएलगत्तै सिआइबी टोलिले सञ्जय माथि लागेको आरोपको जानकारी मात्रै के गराएका थिए उनी आफैं गाडी चलाएर प्रहरीसँग हिँडे ।
चाबहिलको रेष्मा फर्मामा सिआइबीको महिला प्रहरीसहितको टोली बिरामीको भेषमा पुगेको थियो । त्यहाँ बिरामी जाँचिरहेकी थिइन् बिनिता मण्डल । बिरामी सकिएपछि टोली भित्र पस्यो ।
टोलीले बिनितालाई आफ्नो परिचय दिएर सोध्यो, ‘तपार्इंले आइएस्सी पास कहाँबाट गर्नुभएको हो ?’
बिनिता बेहिच्किचाहट भनिन्, ‘बिहारबाट आइएस्सीको प्रमाणपत्र ल्याएकी हुँ ।’ त्यसपछि टोलीले ‘तपाईंको प्रमाणपत्र नक्कली रहेको भेटियो’ भन्दै उनलाई आफूहरुसँग हिँड्न आग्रह गर्यो । उनलाई पक्राउ गरिएको त्यहाँ
का कर्मचारीले पनि भेउ पाएनन् ।अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।