0 COMMENTS

 

८ असार काठमाडौ । १२ नेपालीको शब र घाइते लिन काठमाडौंबाट बिहान ३ बजे उडेको नेपाल वायु सेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुलमा पुगेको छ । परराष्ट्र मन्त्रालयले सफलतापूर्वक विमान ल्याण्ड भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएको छ । काबुलबाट शव ल्याउन तथा आवश्यक सहयोग र समन्वय गर्न सेनाको मेडिकल टिमसहित चार, प्रहरीबाट तीन, गृहबाट एक, परराष्ट्रबाट एक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट एक जना सो विमानमा गएका छन् । शव बुधबार बिहान साढे ११ बजे काठमाडौं ल्याइने तालिका छ । विमानको उडान तथा अवतरणको आवश्यक अनुमति सम्बन्धित अधिकारीबाट प्राप्त भएसँगै बिहान जहाज त्यसतर्फ पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले जानकारी दिए । सरकारले सो जहाजमार्फत मृतक र घाइतेसँगै नेपाल फर्कन चाहने अन्य नेपालीलाई पनि विमानको क्षमताअनुसार ल्याउने छ । सोमबार भएको आतङ्ककारी आक्रमणमा परी १२ नेपालीको निधन भएको थियो भने ७ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।