0 COMMENTS

असार ७, काठमाडौं । डा. बाबुराम भट्टराईको लहलहैमा लागेर नयाँ शक्तिमा पुगेकी अभिनेत्री करिष्मा मानन्धर यतिबेला चौतर्फी आलोचनाको शिकार भएपछि पार्टी छाड्ने मुडमा पुगेकी छिन् ।

उनले बाबुरामलाई फोन गरेर पार्टी छाड्ने बताइसकेकी छिन् । दशरथ रंगशालामा उद्घोषिकाको रुपमा प्रस्तुत करिष्माले उद्घोषण गर्ने क्रममा धेरै गल्ती गरेका कारण उनी ‘यू–ट्युव’ सोसल मिडियामा भाइरल बनेकी छिन् ।

चलचित्रबाट उठेको उनको छवि बाबुरामले धमिल्याएपछि उनी पार्टी छाड्ने निष्कर्षमा पुगेकी हुन् । अब नयाँ शक्तिको उद्घोषिकामा हिसिला यमीको उदय हुने कुराले सुरज वैद्यको टाउको दुख्न थालेको छ । -दृष्टि साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।