0 COMMENTS

काठमाडौं, ७ असार । एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानविन बढाएपछि बिभिन्न एयर लाइन्स कम्पनीमा कार्यरत पाइलटहरुले धमाधम राजिनामा दिन थालेका छन् ।

दुई महिनामा २२ जनाले राजिनामा दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले गोमा एयरका को-पाइलट विशाल कार्कीलाई पक्राउ गरेको थियो । आइएस्सी फेल भएपछि उनले अमृत साइन्स क्यापसबाट नक्कली सर्टिफिकेट बनाएर पाइलट पढेका थिए ।

कार्की पक्राउ पछि अन्य पाइलटहरुले पनि धमाधम राजिनामा दिन थालेको सिआबीका निर्देशनक डिआइजी नवराज सिलवालले बताए ।

चिकित्सा क्षेत्रमा आइएस्सीको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा एमबिबिएस पढेजस्तै पाइलट पेसामा पनि त्यस्तै प्रवृत्ति देखिएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।