0 COMMENTS

काठमाडौं, ५ असार । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेमा औपचारिक रुपमा दुई गुट देखिए पनि त्यसभित्र उपगुट सक्रिय रहेका पाइएको छ ।

पार्टीभित्र र गुटभित्र पनि आफ्नो शक्ति बढाउन र बार्गेनिङका लागि विभिन्न नेताको नेतृत्वमा गुट उपगुटहरु सक्रिय गरेको पाइएको हो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफ्नो गुटलाई थप क्रियाशील बनाउँदै लगेको छ ।

संस्थापनसँग असन्तुष्ट पक्षको नेतृत्व परिष्ठ नेता नेपालले गर्दै आएका छन् । तर त्यसका पनि थुप्रै उपगुटहरु सक्रिय छन् । ओली नेतृत्वको संस्थापनलाई काउन्टर दिन वरिष्ठ नेता नेपालले नवौं महाधिवेशनमा आफूतिर लाग्नेको नेतृत्व गरिरहेका छन् । तर, संस्थापन र नेपाल समूहभित्रै पनि एक दर्जनभन्दा बढी उपगुट सक्रिय छन् ।

एमालेमा मूलतः विचार र सिद्धान्तका हिसाबमा खासै विवाद छैन । नीति, विचार र सिद्धान्तमा मतान्तर नभए पनि पार्टीभित्र र गुटभित्र पनि आफ्नो पकड जनाउन गुटउपगुट बनेका छन् ।

एमालेमा मदन भण्डारीका नाममा खोलिएका संस्थामार्फत गुटबन्दी भइरहेको छ । संस्थापन पक्षले मदन भण्डारी फाउन्डेनस र नेपाल पक्षले मदन भण्डारी अध्ययन केन्द्रका नाममा गुट चलाइ रहेका छन् ।

केपी ओली गुट र माधव नेपाल गुट मुख्य भएपनि एमालेमा उपगुटहरु पनि सक्रिय रहेका छन् । संस्थापनमा सुवास नेम्वाङ, वामदेव गौतम, प्रदीप ज्ञवाली, शंकर पोखरेले आ-आफ्ना पक्षका नेता कार्यकर्ताको जमात तयार गरेका छन् ।

उता नेपाल गुटमा रहेका झलनाथ खनाल, युवराज ज्ञवाली, घाश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डेलगायतका नेताहरुको उपगुटहरु निकै सक्रिय छन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।