0 COMMENTS
kamala
कमला देवी पाण्डे अध्यक्ष सिद्घेश्वर योग साधना केन्द्र

“योग गरौ कपनवासी सधै हाँसी हाँसी ,मन मष्तिक स्वास्थ्य राख्यौ सधै यसै गरी ,दिदी बहिनी दाजु भाइ गरौ योग हाँसी हाँसी”

योगा दर्शनको माध्यमद्घारा जिवनलाइ सकरात्मक परिवर्तन गरि दैनिकीरुपमा भोग्नु परेका मानसिक तनाव,भय, त्रास, चिन्तालाइ सदाका लागि अन्तगर्दै स्वच्छ,स्वस्थ्य,सुखी र सरल जिवन लागि योगाभ्यास नै अचुक शक्ति हो । आजको आधुनिक समाजले जिवनलाइ अत्यन्त यान्त्रिक बनाएकोले मानव जिवन भौतिकवाद तर्फ अभिप्रेरित हुनुका साथै खानपीन, रहनसहन मा कृतिम विषादीले सम्पुर्ण प्राणी जगतमा नकरात्मक असरपरि रहेको हामी सबैले महशुस गरिरहेका र हामीनै त्यसको शिकार भइरहेका छौ ।

प्रत्येक अस्पतालमा मानिसको भिडले हामी नेपालीको स्वास्थ्यको वास्तबिक मापन गरिरहेको छ । योगालाई प्राचीनकालीन समय देखिनै ऋषिमहिर्षीहरुले जिवनको अभिन्न पाटोका रुपमा प्रयोग गर्दै आइरहेको यथार्थता तपाइ हामीलाइ अवगत नै छ । पवित्र भूमि मध्येको भारत वर्ष खण्ड नेपाल तिनै महान ऋषिमहिर्षीहरुको उद्गम स्थल र ज्ञानको धरोहरका रुपमा संसारभरी नै चिनिएको छ । योगको माध्यमबाट आत्मालाई परमात्मा संग जोडी मन मष्तिकशलाई स्वच्छ,स्वस्थ्य,सुखी राख्दछ । योग केवल शारिरीक व्यायम मात्र नभई श्वास प्रश्वासलाई मिलाएर गरिने प्रणायम हो ।

पछिल्लो समयमा योगको महत्व नेपाली समाजमा राम्ररी परिरहेको छ । योगलाइ बुझ्न र आफ्नो जिवनमा अगाल्न त्यति सहज भने छैन यद्यपी सरल जिवन र स्वस्थ्य जिवन जिउन चाहने हो भने असंम्भव छैन । नेपालमा बिभिन्न तवरबाट योगका कार्यक्रम संचालन भइरहेका छन् । योगकेन्द्रहरु प्रत्येक टोल टोलमा देख्न र सुन्न पाईन्छन । सबैले जिवन पद्घतीकै बारेमा बहश गर्दछन् तर ब्यबहारमा थोरै बाहेक धेरैले पद, सम्मान र राजनीतिक फाइदा हेर्दछन् न कि काम गर्नेलाइ कुनै अवसर दिइन्छ । राजनितीले सबै क्षेत्रलाइ धमिल्याइ रहेको यस परिपेक्ष्यमा योगकेन्द्रहरु पनि यस्ता गतिविधिबाट अछुतो रहन नसक्नु हामी नेपालीहरुमा दुखको विषय हो ।पुर्विय दर्शनका माध्यमबाट उत्पति भएको योगा दर्शनलाई नेपाल र भारतमा मात्र सिमित नभई संसारभरि नै यसको महत्व र गरिमा बढिरहेको छ ।

 अन्तराष्ट्रिय दोश्रो योगा दिवशको  अवसरमा यहि अषाढ ७ गते अर्थात २१ जुन २०१६ बिहान ६ बजे श्री सिद्घेश्वर मन्दिरबाट सिद्घेश्वर योग साधना केन्द्रले योग —यालीको आयोजना गर्नलागेको सम्पुर्ण कपनवासी आमा बुबा, दिदी बहिनी र दाजुभाइहरुमा सादर अनुरोध गर्दछौ । सयुक्त राष्ट्रसंधद्घारा २१ जुन २०१५ मा पारित भइ योग दिवश संसार भरि मनाउदै आईरहेको ब्यहोरा अवगत गराउन चाहान्छौ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।