0 COMMENTS

असार ४, काठमाडौं । संसदमा विचाराधीन एउटा विधेयक जस्ताको तस्तै पारित भएमा ज्यान मार्ने उदेश्यले सवारी दुर्घटना गराउने र लापरबाहीका कारण व्यक्तिको ज्यान जाने गरी दुर्घटनामा पर्ने चालकले बराबरी सजाय पाउने छन्।

संसदले गत बुधवार सैद्धान्तिक रुपमा स्वीकृत गरेको केही नेपाल कानुनलाई संशोधन, एकीकरण, संयोजन र खारेज गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा बदनियतले दुर्घटना गराई व्यक्तिको ज्यान मार्ने र लापरबाहीका कारण व्यक्तिको ज्यान जाने गरी दुर्घटनामा पर्ने चालकले जन्मकैदको सजाय पाउने उल्लेख छ।

प्रचलित कानुन अनुसार जन्मकैद भन्नाले २० वर्ष जेल सजाय बुझिन्छ। विधेयकमा सजाय परिमार्जन गर्नुपर्नाको कारणमा अपराध संहिता अनुरुपको सजायको व्यवस्था गर्न आवश्यक भएको उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।