0 COMMENTS

असार ३, काठमाडौँ । तामझामका साथ डा. बाबुराम भट्टराईले नयाँ शक्तिको घोषणा गरे । तर, नजन्मदै विवादको घेरामा फसेको नयाँ शक्तिमा लागेकाहरुको गतिविधिका कारण सबैभन्दा बढी तनाव उनै भट्टराईलाई दिएको छ ।

नयाँ शक्तिको भेलामा पूर्व–सचिव रामेश्वर खनाल र मुमाराम खनालको हानथापका कारण केन्द्रीय समिति नै बनाउन उनी असफल भएका छन् । भेलाबाट केन्द्रीय समिति बनाउने बताइएपनि दुई खनालको पद लोलूपताका कारण नयाँ शक्तिले केन्द्रीय समिति नै निर्माण गर्न नसकेको भेलामा सहभागी नेताहरुले जानकारी दिएका छन् ।

यस्तै परशुराम तामाङले पनि डा. भट्टराईको राजनीतिक प्रस्ताव विरुद्ध फरक मत प्रस्तुत गरेर डा. भट्टराईलाई च्यालेन्ज गरेका छन् ।

माओवादीबाट नयाँ शक्तिको बिल्ला भिरेका र पूर्व–प्रशासकको आ–आफ्नै स्वार्थका कारण भेलाबाट कुनै पनि ठोस निष्कर्ष निस्कन नसकेपछि सबैभन्दा बढी समस्यामा उनै भट्टराईलाई पारिदिएको छ ।

विवादै विवादले केन्द्रीय समिति बनाउन नसकेपछि त्यसको दोष एक अर्कालाई लगाएर पन्छने प्रवृत्ति पनि नयाँ शक्तिमा देखिएको छ । खनालद्धय त विवादको जरो नै भए त्यसमाथि परशुराम तामाङ पनि विपक्षमा उभिएपछि समस्यामा नराम्ररी फसेको छ नयाँ शक्ति ।

यस्तै भुँइफुट्टा नेता जन्माउने थलो नयाँ शक्ति भएको भन्दै आलोचना नै भएको छ । सामाजिक सन्जालमा त झन् सबैभन्दा बढी आलोचना भएको छ । -जनआह्वान साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।