0 COMMENTS

असार ३, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले पार्टीमा निरंकुशता चलाएको र फरक विचारलाई पार्टीमा सम्मान नदिइएको भन्दै माधव नेपाल गुटले छेडेको युद्धले केपी ओलीलाई मात्रै होइन उनको कमाण्डलाई समेत अप्ठ्यारोमा पारिदिएको छ ।

विभिन्न जिल्लामा भएको अधिवेशनमा ओली पक्ष बढारिँदै गएको छ भने नेपाल पक्षले सानदार जीत निकालेको छ । हालसम्म भएका करिब ३० जिल्लाको महाधिवेशनमा नेपाल पक्षले २२ जिल्लामा एकछत्र राज गरेको छ । तर ओाली गुट क्रमशः कमजोर बन्दै गएको छ । सरकारमा रहेर गुटको मात्र सेवा गरेको भन्दै उनलाई साथ दिँदै आएका नेता तथा कार्यकर्ताले समेत क्रमशः साथ छोड्दै जान थालेका छन् ।

सरकार सञ्चालनमा सहयात्री दललाई साथ र विश्वासमा नलिएको, आफूखुसी गलत संस्कारको विकास गरेको, भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै नेपाल समूहले ओलीविरुद्ध छेडेको युद्धलाई कसरी सम्बोधन गर्ने विषयमा एमालेभित्र गरमागरम बहस सुरु भएको छ ।

हरेक आयोजनाबाट रकम उठाउने, गुट विस्तार गर्ने धन्दा समेत ओलीले सुरु गरेको नेपाल पक्षको आरोप छ । ओलीले पार्टीमा ज्यादती गरेको नेपाल पक्षको आरोप मात्रै होइन त्यसलाई प्रतिवेदनकै रुपमा प्रस्तुत गर्ने तयारी समेत गरिएको छ । यस्तै मुलुकका सामु रहेका समस्या समाधानमा ध्यान दिनुको साटो क्रमशः त्यसलाई थाहा नपाएको जस्तो गर्ने प्रवृत्ति ओलीमा विकास भएको छ । -जनआह्वान साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।