0 COMMENTS

चितवन, ०२yog असार । वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रम र भारतीय महावाणिज्यदूतावासको संयुक्त आयोजनामा योग सप्ताहको सुरुआत गरिएको छ ।
जुन २१ मा मनाइने विश्व योगा दिवसको अवसर पारेर चितवनमा बुधबारदेखि सप्ताहव्यापी योगा दिवसको सुरुआत गरिएको हो । दोस्रो अन्तराष्ट्रिय योगा दिवसको अवसरमा विभिन्न स्थानमा योग कार्यक्रमहरु हुने गरेका छन् । कार्यक्रमकी प्रमुख अतिथि भारतीय महावाणिज्यदूतावास वीरगञ्जकी महावाणिज्यदूत अन्जु रन्जनले योगाले मानिसलाई मर्यादित बनाउने बताइन् । योगा भइरहेको ठाउँमा जनचेतना फैलाउन सजिलो हुने भएकाले चितवनमा संयुक्त रुपमा योगा सप्ताह मनाउन आफूहरुले सहयोग गरेको रन्जनले बताइन् ।
जुन २१ तारिकका दिन सूर्यको तेज बढी हुने भएकाले यस दिनलाई अन्तराष्ट्रिय रुपमा योगा दिवस मनाउनको लागि दक्षीण एशीयाली मुलुकले प्रस्ताव राखेको रन्जनको भनाइ थियो । योगको संरक्षण गर्न चितवन भन्दा महत्वपूर्ण ठाउँ अन्त कतै नभएको बताउँदै रन्जनले गुरु वशिष्ठ र रामले यस भूमिका १६ वर्षसम्म तपस्या गरेको उल्लेख गरिन् । आफू भित्रको देवत्व उजागर गर्नको लागि योगको विकास गर्नुपर्ने रन्जनको भनाइ थियो । मानिसको खराब विचार हटाएर सुविचार कायम गर्न समेत योग महत्वपूर्ण हुने रन्जनले बताइन् ।
कार्यक्रममा चितवन क्षेत्र नम्बर ३ का सांसद कृष्णभक्त पोखरेलले पछिल्लो समय मानिसहरुमा मानसिक तनाब बढ्दै गएकाले योगले त्यसको निराकारण गर्ने बताए ।
कार्यक्रममा योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सा अस्पतालका निर्देशक डाक्टर हेमराज कोइरालाले योग सामाजिक अनु्शासन भएको बताए । योगले मानिसलाई निरोगी बनाउन मद्दत गर्ने भएकाले योग सबै क्षेत्रसँग जोडिएको डाक्टर कोइरालाको भनाइ थियो । प्राकृतिक चिकित्सालयले सरकारबाट कुनै पनि सहयोग नपाएको उल्लेख गर्दै प्राकृतिक चिकित्सा क्षेत्रलाई राज्यले विशेष सुविधान उपलब्ध गराउनुपर्ने बताए ।
अहिले प्राकृतिक चिकित्सालयले दैनिक ४० जनालाई सेवा पु¥याउन सक्ने डाक्टर कोइरालाको भनाइ थियो । वागीश्वरी आत्धात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शान्ता प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सा अस्पतालका संयोजक शैलेन्द्र कुमार पियाले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।