0 COMMENTS

असार २, काठमाडौँ । सरकारले एचपी ब्रान्डको ग्यास आयात रोक्का गर्ने निर्णय गरेको छ ।

एचपी ग्यास विस्फोट भएर ३ जनाको मृत्यु भएपछि सरकारले यस उद्योगको कारोबार तत्कालका लागि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा बुधबार बसको उपभोक्त हित संरक्षण परिषदको बैठकले एचपी ग्यासलाई खरिद ढुवानी आदेश नदिलने निर्णय गरेको छ ।

आपूर्ति व्यवस्थापनम तथा हित संरक्षण विभागका महानिर्देशक गोकुलप्रसाद धितालले झन्डै १ महिनाअघि एचपी ग्यास विस्फोटबाट ३ जनाको मृत्यु भएकोले उद्योगमाथि सो प्रतिवन्ध लगाइएको जानकारी दिए ।

पीडीओ रोक्का भएपति एचपी ग्यास उद्योग बन्द हुनेछ । एचपीले मासिक ६० बुलेट ग्यास आयत गर्दै आएको छ । यो ग्यास ७५ हजार उपभोक्ताको घरमा पुग्छ । जेठ ७ गते ललितपुरको इछताछेमा ग्यास सिलिन्डर विस्फेट हुँदा ३ जनाको ज्यान गएको थियो ।

खाना पकाउने ग्यासको सिलिन्डरमा फलामको पातको मोटाइ नेपाल गुणस्तरअनुसार २.९ मिलिमिटर हुनुपर्नेमा विस्फोट भएको ग्यासको पाताको मोटाइ १.८३ मिलिमिटर पाइएको थियो । एचपीका उपभोक्ताले अब के गर्ने भन्ने निर्णय भएको छैन । एचपी ग्यासका उपभोक्ताको सम्बन्धमा निगमले नै निर्णय गर्ने जनाइएको छ । -कारोबार देनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।