0 COMMENTS

काठमाडौं, असार १,नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको खुलासा भएको छ । प्राधिकरणका लेखापाल सत्येन्द्र नारायण सिंहले सुरु नियुक्ति प्रयोजनको लागि पेस गरेका प्रमाणपत्र नक्कली भेटिएपछि उक्त कुराको खुलासा भएको हो ।

यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसबारे जानकारी दिएको हो । आयोगले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा लेखापाल सिंहले सुरुमा पेस गरेको विहार परीक्षा समिति पटना, भारतअन्तर्गत हाइ स्कुल गणपतिगञ्जबाट सन् १९८४ मा एसएलसी उत्तीर्ण गरेको भनिएको शैक्षिक प्रमाणपत्र नक्कली भएको जनाएको छ । यसैबीच, अनुसन्धानका क्रममा लेखापाल सिंहको प्रमाणपत्र नक्कली पुष्टि भएपछि अख्तियारले उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीविरुद्ध साबिकको भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदाबी लिई मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।