0 COMMENTS

काठमाडौँ, असार १,  –पायनियर स्कुलले १२औं अन्नपूर्ण मैत्रीपूर्ण खुला अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेको छ ।प्रतियोगितामा ३५ अङ्क हात पारेको पायनियरले तीन स्वर्ण र दुई रजतसहित नौ पदक हासिल गर्दै उपाधि जितेको हो । त्यस्तै आयोजक अन्नपूर्ण उच्च माविले दुई स्वर्णसहित २९ अङ्कका साथ उपविजेतामा चित्त बुझायो । त्यसैगरी बिन्ध्यवासिनी स्कुल २६ अङ्कसहित तेस्रो भयो ।

आज अन्तिम दिन यहाँ सम्पन्न प्रतियोगिताको छात्रा १२ वर्षमुनि (यु–१२)मा ग्रीनल्यान्डकी समृद्धि पाण्डे पहिलो, हिमालयनकी सिमरन प्रधान दोस्रो तथा अन्नपूर्णकी अमृता पाण्डे तेस्रो भए । सोही उमेर समूहको छात्र स्पर्धामा अन्नपूर्णका दीपेन्द्र गमाल पहिलो, पायनियरका मन्दिप राई दोस्रो तथा अन्नपूर्णकै आदर्श जैयसवाल तेस्रोे भए । छात्रा यु–१४ मा पायनियरकी अनिषा न्यौपाने पहिलो, भानुभक्त स्कुलकी मेनुकला बस्नेत दोस्रो तथा एभिएमकी अलिना केसी तेस्रो भए । सोही उमेर समूहको छात्रतर्फ अन्नपूर्णका मोहम्मद अड्नान अदिल पहिलो, हिमालयन स्कुल भक्तपुरका निकेन कुसाथा दोस्रो तथा अन्नपूर्णकै समीर अन्सारी तेस्रो भए ।

त्यस्तै, १४ वर्षभन्दा माथिको उमेर समूहमा छात्रातर्फ पायनियरकी आभा पुडासैनी पहिलो, पुष्प सदनकी दीपा रोका दोस्रो तथा सुप्रिमकी अस्मिना मगर तेस्रो भए । छात्रतर्फ दीपज्योतिका अपिल रिमाल पहिलो, पायनियरका सुदीप तामाङ दोस्रो तथा ग्रीनल्यान्डका युवराज पौडेल तेस्रो भए । प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष एकालाल श्रेष्ठ, विद्यालय निरीक्षक सूर्यनाथ कोइराला र अन्नपूर्ण स्कुलका प्राचार्य चन्द्रप्रकाश राजभण्डारीलगायतले पुरस्कार तथा ट्रफी प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।