0 COMMENTS

सल्यान, १ असार । नेकपा माओवादी विप्लव समूह सल्यानका जिल्ला सेक्रेटरी लोकपाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लामा रहेका एनसेल टावरमा आक्रमण गरेको आरोपमा केसीलाई इलाका प्रहरी लुहामले बुधबार बिहान नियन्त्रणमा लिएको हो ।

गत जेठ ३० गते कुपिण्डे दह गाविसको जयतपानी र शारदा नगरपालिका–१४ डाँडागाउँमा रहेको एनसेल टावरमा आक्रमण गरेको विषयलाई लिएर उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

केसीलाई कोरवाङ्ग झिम्पेबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लुहाममा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

एनसेल टावर जलाइएपछि जिल्लाको पश्चिमी क्षेत्रका चार गाविसका स्थानीय सञ्चार सुविधाबाट वञ्चित भएका छन्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।